रास्वपाले सरकार–संसद–पार्टी समन्वयका लागि गठन गरेको समितिले थाल्यो काम

Author

सजिलो पत्रिका

२०८३ वैशाख २२, मङ्गलबार

18
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकार, संसद र पार्टीबीच समन्वय तथा सहजीकरण गर्ने उद्देश्यले गठन गरेको समितिले काम सुरु गरेको छ।

पार्टीले महामन्त्री भुप देव शाहको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरेको थियो। वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो।

समिति संयोजक शाहका अनुसार समितिले औपचारिक रूपमा काम सुरु गरिसकेको छ। उनले समितिको मुख्य उद्देश्य सरकारको कामको अनुगमनभन्दा पनि सहजीकरण र समन्वय गर्नु रहेको बताए।

शाहका अनुसार रास्वपाकै नेतृत्वमा सरकार, संसद र पार्टीबीच ‘पुल’ को भूमिका निर्वाह गर्ने गरी समिति कार्यरत रहनेछ। यसले नीति तथा निर्णय कार्यान्वयनमा देखिने समस्या समाधान गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।

समितिमा सातै प्रदेशको प्रतिनिधित्व रहने व्यवस्था गरिएको छ। यसले जनगुनासो तत्काल सम्बोधन गर्ने र विभिन्न तहबीच समन्वय प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीभुप देव शाहकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...