मन्त्री गौतमको सांसदलाई आग्रह : एजेन्डा केन्द्रित छलफल र समय व्यवस्थापनमा जोड

Author

सजिलो पत्रिका

२०८३ वैशाख २१, सोमबार

14
Share
Featured

काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सांसदहरूलाई एजेन्डामा केन्द्रित भएर छलफल गर्न र समय व्यवस्थापनमा ध्यान दिन आग्रह गरेकी छन्। सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा उनले यस्तो आग्रह गरेकी हुन्।

मन्त्री गौतमले संसद् र संसदीय समितिको प्रभावकारिता बढाउन सांसदहरूले विषयवस्तु केन्द्रित छलफल गर्नुपर्ने बताइन्। उनले एजेन्डामा केन्द्रित भएर छलफल गर्दा मात्र सरकारले स्पष्ट र ठोस जवाफ दिन सक्ने उल्लेख गरिन्।

उनका अनुसार सांसदहरूले पूर्वतयारीसहित एजेन्डामा केन्द्रित भएर छलफल गरेमा सरकार पनि तयारीका साथ जवाफ दिन सक्षम हुने छ। उनले सरकारले सांसदका प्रश्नप्रति संवेदनशील रहेको बताउँदै मूल विषयवस्तुमा केन्द्रित छलफल आवश्यक रहेको जोड दिइन्।

मन्त्री गौतमले समितिमा समय व्यवस्थापन र अनुशासनको पालना गर्नुपर्नेमा पनि जोड दिइन्। समयको दुरुपयोग गर्दै अनावश्यक रूपमा लामो छलफल गर्ने प्रवृत्ति रोक्नुपर्ने उनको भनाइ थियो।

उनले निश्चित ढाँचाभित्र बसेर छलफल गर्दा मात्र जनचासोका मुद्दाहरू प्रभावकारी रूपमा सम्बोधन गर्न सकिने उल्लेख गर्दै संसद्को उद्देश्य पूरा गर्न अनुशासित र केन्द्रित छलफल आवश्यक रहेको बताइन्।

यो समाचारमा

सोबिता गौतमकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...