काठमाडौँ
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आइतबार झिनो गिरावट देखिएको छ। नेप्से ५.७३ अङ्कले घटेर २७३८.७२ विन्दुमा पुगेको छ। बजारमा समग्र कारोबार भने ५ अर्बभन्दा तल सीमित भएको छ।
आज ३४६ कम्पनीका १ करोड ९ लाख ७७ हजारभन्दा बढी कित्ता सेयर खरिद–बिक्री हुँदा कुल कारोबार रकम ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँभन्दा बढी रहेको छ। कारोबारका आधारमा बजारमा सीमित गतिविधि देखिएको छ।
आज ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रह्यो। सबैभन्दा धेरै नाफा श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी घाटा व्यहोरेका छन्।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो, त्यसपछि आँखुखोला जलविद्युत र नेशनल हाइड्रोपावर रहेका छन्। समग्र बजारमा १३ उपसमूहमध्ये २ मात्र बढेका छन् भने बाँकी अधिकांश सूचक घटेका छन्।