सागर ढकाल राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय सदस्यमा मनोनीत

Author

सजिलो पत्रिका

२०८३ वैशाख २०, आइतबार

19
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सागर ढकालले केन्द्रीय सचिवालय सदस्यको रूपमा शपथग्रहण गरेका छन्। आइतबार पार्टी सभापति रवि लामिछानेले उनलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

पार्टी कार्यालय वनस्थलीमा आयोजित कार्यक्रममा शपथग्रहण सम्पन्न भएको हो। सोही दिन पार्टीको सचिवालय बैठक पनि बस्ने भएको छ।

प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेको अध्यक्षतामा बस्ने बैठकमा स्थानीय तहका उम्मेदवार छनोट रूपरेखा र महाधिवेशन कार्यविधि २०८३ सम्बन्धमा छलफल हुनेछ।

त्यसैगरी बैठकमा संसदीय दलको विधान संशोधन तथा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन्।

यो समाचारमा

सागर ढकालरवि लामिछानेकाठमाडौँराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...