तारकेश्वर खाली गरायो ,अतिक्रमित सार्वजनिक जग्गा

Author

निरन्जन कार्की

२०८३ वैशाख १८, शुक्रबार

35
Share1
Featured

काठमाडौँ


तारकेश्वर नगरपालिका–७, फुटुङ थापागाउँस्थित करिब दुई रोपनी सार्वजनिक जग्गा अन्ततः अतिक्रमणमुक्त गरिएको छ। सजिलो पत्रिकाले दशकभन्दा लामो समयदेखि निजी प्रयोजनमा प्रयोग हुँदै आएको उक्त सरकारी सार्वजनिक जग्गाको  बारम्बार रिपोटिगं गरेपछि  नगरपालिकाले उक्त सरकारी जग्गामा बनेको संरचनामा डोजर प्रयोग गरी खाली गराएको हो।

स्थानिय युवाहरुको समुह फुटुगं सरोकार मंचको अगुवाहिमा नगरपालिकाले सार्वजनिक जग्गा संरक्षण समिति गठन भएसँगै बसेको पहिलो बैठकले नै अतिक्रमण हटाउने स्पष्ट निर्णय गरेको थियो। सोही निर्णयअनुसार उपप्रमुख तथा समितिकी संयोजक सृजना बुर्लाकोटीको नेतृत्वमा नगर प्रहरी, नेपाल प्रहरी, कर्मचारी, पत्रकार र स्थानीयको उपस्थितिमा आज कारबाही अघि बढाइएको हो।

स्थानीय तहले यसअघि २०७५ सालदेखि नै पटकपटक सूचना जारी गर्दै अतिक्रमण हटाउन आग्रह गरेको भए पनि कार्यान्वयन हुन सकेको थिएन। यसले स्थानीय सरकारको कार्यक्षमतामाथि प्रश्न उठाइरहेको अवस्थामा हालको कदमलाई ढिलै भए पनि सकारात्मक हस्तक्षेपका रूपमा हेरिएको छ।

उक्त क्षेत्रमा सटर, कोठा, होटल तथा क्याफे सञ्चालन हुँदै आएको थियो। नगरपालिकाले चाँडै नै सरकारी स्वामित्व रहेको जग्गामा तारबार सहित संरक्षण  गर्ने जनाएको छ। साथै, अन्य अतिक्रमित सार्वजनिक जग्गाको विवरण उपलब्ध गराउन स्थानीयसँग आग्रह गरिएको छ।

यो अभियानले अब तारकेश्वरका अन्य वडामा पनि अतिक्रमणविरुद्ध कडा कदम चालिने संकेत दिएको छ, तर यसको दिगोपना भने कार्यान्वयनमै निर्भर रहनेछ।

यो समाचारमा

काठमाडौँतारकेश्वर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषामा ट्राफिक कारबाहीबाट १ करोड १४ लाख राजस्व संकलन

    काठमाडौं । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२÷८३ मा रु एक करोड १४ लाख नौ हजार ५०१ राजस्व सङ्कलन गरेको छ । प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२÷८३ मा ट्राफिक नियम उल्लङ्घन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा रु एक करोड १४ लाख नौ हजार

    Data is loading...

    Loading brands...

    Loading footer...