प्रगतिशील लोकतान्त्रिक पार्टीको पाँच बुँदे कार्यक्रम सार्वजनिक, समाजवादी आन्दोलनलाई नयाँ दिशा दिने घोषणा

Author

सजिलो पत्रिका

२०८३ वैशाख १७, बिहिबार

22
Share
Featured
  • प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले समाजवादी लोकतान्त्रिक आन्दोलनका लागि पाँच बुँदे कार्यक्रम घोषणा गरेको छ।
  • कार्यक्रमअन्तर्गत पार्टी पुनर्संरचना, वैचारिक स्पष्टता र संगठन सुदृढीकरणमा जोड दिइएको छ।
  • स्थानीय तहमा संगठन विस्तार, जनसमस्यामा संघर्ष र वाम–समाजवादी शक्तिहरूको एकता आह्वान गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले समाजवादी लोकतान्त्रिक आन्दोलनलाई अगाडि बढाउने उद्देश्यसहित पाँच बुँदे कार्यक्रम घोषणा गरेको छ। पार्टीको केन्द्रीय समितिको विस्तारित बैठकले उक्त कार्यक्रम सार्वजनिक गरेको हो।

वैशाख ११ र १२ गते काठमाडौँमा बसेको बैठकले आगामी राजनीतिक दिशा तय गर्दै संगठन सुदृढीकरण र आन्दोलनलाई नयाँ स्वरूपमा अघि बढाउने निर्णय गरेको हो। गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षाअनुसार नतिजा नआएपछि पार्टीले समीक्षा गर्दै नयाँ कार्यक्रम ल्याएको जनाएको छ।

घोषित कार्यक्रमअनुसार पार्टीले वैचारिक, राजनीतिक र संगठनात्मक संरचना सुदृढ गर्न केन्द्रीय स्तरमा विशेष समिति गठन गर्नेछ। साथै समाजवादी लोकतान्त्रिक आन्दोलनलाई नयाँ ढङ्गबाट परिभाषित गर्दै पार्टी पुनर्संरचना गर्ने योजना अघि सारिएको छ।

त्यसैगरी, वर्गीय, जातीय, लैङ्गिक र क्षेत्रीय समस्याहरू समाधानका लागि सक्रिय भूमिका खेल्ने, स्थानीय तहमा संगठन बलियो बनाउँदै सरकारका गलत कार्यको खबरदारी गर्ने तथा उत्पादन र रोजगारीमार्फत कार्यकर्ताको आर्थिक अवस्था सुधार गर्ने कार्यक्रम पनि समावेश गरिएको छ।

प्रलोपा ले स्थानीय तहमा आइपर्ने विपद् व्यवस्थापनमा स्वयंसेवक परिचालन गर्ने र आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार गर्ने जनाएको छ। साथै, नयाँ समाजवादी लोकतान्त्रिक आन्दोलनका लागि सम्पूर्ण वामपन्थी तथा समाजवादी शक्तिहरूलाई एकीकृत भएर सशक्त संगठन निर्माण गर्न आह्वान गरेको छ।

यो समाचारमा

प्रगतिशील लोकतान्त्रिक पार्टीकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...