नेप्से परिसूचक अन्तिम दिन पनि घटेर बन्द, कारोबार ४ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी

Author

सजिलो पत्रिका

२०८३ वैशाख १७, बिहिबार १५:५६

22
Share
Featured

काठमाडौँ

साताको कारोबार हुने अन्तिम दिन बिहीबार पनि नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। नेप्से ५.७३ अङ्कले घट्दै २७३८.७२ विन्दुमा पुगेको हो।

बजारमा आज कुल ३४६ कम्पनीका १ करोड ९ लाख कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड ६६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारमध्ये ९८ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको घटेको छ। बाँकी १० कम्पनीको मूल्य स्थिर रहेको छ।

समूहगत रूपमा हेर्दा बैंकिङ र उत्पादनमूलक समूहबाहेक अन्य सबै समूहमा गिरावट देखिएको छ। कुनै पनि समूहमा एक प्रतिशतभन्दा बढीको ठूलो उतारचढाव भने देखिएन।

व्यक्तिगत कम्पनीतर्फ श्रीनगर एग्रोटेक इन्डस्ट्रिजको सेयर मूल्य सबैभन्दा बढी १२.५७ प्रतिशतले बढेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी १०.३८ प्रतिशत गुमाएका छन्।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ। यसको २६ करोड ७५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि आँखुखोला जलविद्युत, नेशनल हाइड्रोपावर, शिवम् सिमेन्ट र एनआरएन इन्फ्रास्ट्रक्चर क्रमशः सर्वाधिक कारोबार हुने शीर्ष कम्पनीमा परेका छन्।

यो समाचारमा

काठमाडौँनेपाल स्टक एक्सचेन्ज

ट्यागहरू

#नेपाल स्टक एक्सचेन्ज#नेप्से#नेप्से परिसूचक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    sajilo patrika

    १० वर्षमा दैनिक सेयर कारोबार ३० अर्ब पुर्‍याउने सेबोनको लक्ष्य

    तीन वर्षभित्र नेपाल वायुसेवा निगमलाई ऋणमुक्त बनाउने कार्यकारी अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

    बुधबारदेखि ग्यासका भरि सिलिण्डर बजार पठाइने

    कालीमाटीमा तरकारीको थोक मूल्य, गोलभेडा किलोकै १० रुपैयाँ

    भर्खरै

    News Image

    देशको आर्थिक विकासमा पुँजी बजारको भूमिका महत्त्वपूर्ण छ, तर गल्ती गर्नेलाई छाड्दैनौं - प्रधानमन्त्री शाह

    News Image

    सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो

    News Image

    छात्राहरूमाथि दुर्व्यवहार गरेको आरोपमा मोरङका दुई शिक्षक र एक चालक पक्राउ

    News Image

    शासकीय सुधारलाई निरन्तरता दिइने सचिव बैठकको निर्णय

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू