श्रीमती हत्या मुद्दामा नेपाली सेनाका पिउठ दर्शन खत्रीलाई जन्मकैद

Author

सजिलो पत्रिका

२०८३ वैशाख १७, बिहिबार

19
Share
Featured

काठमाडौँ

श्रीमती हत्याको अभियोग लागेका नेपाली सेनाका पिउठ दर्शन खत्रीलाई जन्मकैदको सजाय सुनाइएको छ। सुर्खेत जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै उनलाई जन्मकैद सजाय सुनाएको हो।

अदालतका न्यायाधीश वसन्तराज जोशीको इजलासले बुधबार खत्रीलाई अभियोग दाबी अनुसार दोषी ठहर गरेको हो। साथै पीडित परिवारलाई ३ लाख रुपैयाँ क्षतिपूर्ति भराउने आदेश पनि अदालतले दिएको सूचना अधिकारी उज्ज्वलदेव रावलले जानकारी दिए।

अभियोग अनुसार खत्रीले २०८२ वैशाख २१ गते श्रीमती प्रेमा वलीलाई जंगलमा लगेर हत्या गरेको आरोप छ। घटनापछि उनलाई प्रहरीले पक्राउ गरेको थियो।

खत्रीविरुद्ध २०८२ जेठ १६ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको थियो। सोही मुद्दाको अन्तिम सुनुवाइपछि अदालतले उनलाई जन्मकैदको सजाय तोकेको हो।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...