उम्मेदवार छनोट प्रक्रिया सुधार गर्न रास्वपाको देशभर सुझाव आह्वान

Author

सजिलो पत्रिका

२०८३ वैशाख १६, बुधबार

20
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रियालाई थप पारदर्शी, समावेशी र योग्यतामा आधारित बनाउने तयारी थालेको छ। यसका लागि पार्टीले देशभरका निर्वाचन क्षेत्र समितिहरूबाट आधिकारिक रूपमा सुझाव मागेको जनाएको छ।

वैशाख ७ गते बसेको केन्द्रीय समिति बैठकले सह–महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ७ सदस्यीय ‘स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा तथा क्याण्डिडेट क्लब सम्पादन समिति’ गठन गरेको थियो। उक्त समितिको वैशाख १४ गते बसेको बैठकले सबै निर्वाचन क्षेत्र समितिहरूबाट सुझाव संकलन गर्ने निर्णय गरेको सचिव आरके ढुङ्गानाले जारी गरेको पत्रमा उल्लेख गरिएको छ।

पार्टीले सम्बन्धित समितिहरूलाई आ–आफ्नो तहमा गहन छलफल गरी व्यवहारिक, वस्तुनिष्ठ र कार्यान्वयनयोग्य सुझाव तयार पार्न निर्देशन दिएको छ। सुझावहरू उम्मेदवार छनोट प्रक्रियालाई प्रभावकारी बनाउन केन्द्रित हुनुपर्ने बताइएको छ।

संघीय निर्वाचनबाट प्राप्त अनुभव र सिकाइलाई आधार मानेर आगामी स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटलाई अझ वैज्ञानिक, विश्वसनीय र जनमुखी बनाउने रास्वपाको लक्ष्य रहेको छ।


यो समाचारमा

काठमाडौँविपिन कुमार आचार्यराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...