नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा होमबहादुर भारती दोषी, ६ महिना कैद र जरिवाना

Author

सजिलो पत्रिका

२०८३ वैशाख १५, मङ्गलबार

16
Share
Featured

काठमाडौँ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सरकारी सेवामा प्रवेश गरेको अभियोगमा विशेष अदालतले होमबहादुर भारतीलाई दोषी ठहर गरेको छ। मंगलबार विशेष अदालतका अध्यक्ष हेमन्त रावल तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनलाई भ्रष्टाचार निवारण ऐन बमोजिम दोषी ठहर गरेको हो।

अदालतले भारतीलाई ६ महिना कैद सजाय र १० हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ। साथै, अपराध पीडित संरक्षण ऐन, २०७५ अनुसार ४ सय रुपैयाँ क्षतिपूर्ति शुल्क पनि असुल गर्न आदेश दिएको छ।

प्रतिवादी भारती तनहुँको देवघाट गाउँपालिकामा २०७५ सालदेखि २०८१ सालसम्म विभिन्न पदमा करार सेवामा कार्यरत थिए। उनले सरसफाइ सुपरिवेक्षक, उत्प्रेरक, संयोजक तथा सामाजिक परिचालकका रूपमा काम गरेका थिए।

सरकारी सेवामा नियुक्ति पाउन उनले २०५५ सालमा एसएलसी परीक्षा प्रथम श्रेणीमा उत्तीर्ण गरेको भन्दै नक्कली शैक्षिक प्रमाणपत्र र लब्धाङ्क पत्र पेस गरेको अदालतको ठहर छ। उक्त कागजातमा ४६६ अंक प्राप्त गरेको उल्लेख गरिएको थियो।

यो समाचारमा

काठमाडौँतनहुँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...