१९ प्रस्तावसहित सकियो नेकपा संयोजन समिति बैठक, सरकारप्रति कडा टिप्पणी

Author

सजिलो पत्रिका

२०८३ वैशाख १५, मङ्गलबार

25
Share
Featured
  • नेकपाको केन्द्रीय संयोजन समिति बैठक १९ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भयो।
  • बैठकले सरकारका नीति, मूल्यवृद्धि, सुकुम्बासी समस्या, सुशासन र संसद् स्थगनजस्ता विषयमा आलोचना गर्दै सुधारका माग अघि सारेको छ।
  • वाम एकता, समाजवादउन्मुख दिशा र राष्ट्रियता, लोकतन्त्र तथा गणतन्त्रको संरक्षणका लागि सबै शक्तिलाई एकजुट हुन आह्वान गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय संयोजन समितिको बैठक १९ वटा समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै मंगलबार सम्पन्न भएको छ। चैत १९ गतेदेखि सुरु भएको बैठकले समसामयिक राष्ट्रिय, राजनीतिक, आर्थिक तथा अन्तर्राष्ट्रिय विषयमा धारणा सार्वजनिक गर्दै विभिन्न निर्णयहरू गरेको हो।

बैठकले सामन्तवादका अवशेष अन्त्य गर्दै दलाल पूँजीवाद र साम्राज्यवादविरुद्ध संघर्षलाई अघि बढाउने तथा समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ। साथै, हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई सहयोग गर्ने मतदाता, नेता–कार्यकर्ता तथा समर्थकप्रति धन्यवाद ज्ञापन गर्दै निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई दिइएको छ। नेकपाले वर्तमान सरकारलाई राष्ट्रिय स्वाधीनता, सुशासन, रोजगारी, सामाजिक न्याय र समृद्धिको दिशामा काम गर्न आग्रह गर्दै आफूले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनाएको छ।

बैठकले विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएको छ। पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण दैनिक उपभोग्य वस्तुको मूल्य बढेको भन्दै नियन्त्रणको माग गरिएको छ भने सुकुम्बासी बस्ती हटाउँदा वैकल्पिक व्यवस्था नगरेकोप्रति आपत्ति जनाइएको छ। यस्तै, सुशासनका नाममा हुने कारबाही निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिइएको छ।

त्यसैगरी, प्राकृतिक स्रोत–साधनको उपयोग राष्ट्रिय हितअनुसार गर्नुपर्ने, परराष्ट्र नीतिमा संवेदनशीलता अपनाउनुपर्ने र सीमाक्षेत्रमा लागू गरिएको कडा भन्सार नीति फिर्ता लिनुपर्ने माग गरिएको छ। विद्यार्थी संगठन र ट्रेड युनियनमाथि लगाइने प्रतिबन्धप्रति पनि बैठकले विरोध जनाएको छ।

बैठकले प्राकृतिक विपत्तिको जोखिमबारे सचेत रहन आह्वान गर्नुका साथै सिन्धुलीमा प्रहरी हिरासतमा भएको एक युवाको संकास्पद मृत्युमाथि निष्पक्ष छानबिन गर्न माग गरेको छ। साथै, अन्तर्राष्ट्रिय स्तरमा देखिएका द्वन्द्वप्रति चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण समाधानको अपिल गरिएको छ।

यस्तै, संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदमको विरोध गर्दै तत्काल संसद् बैठक आह्वान गर्न माग गरिएको छ। संघीय निजामती र विद्यालय शिक्षा सम्बन्धी कानुन निर्माणमा सरोकारवाला पक्षको सहभागिता सुनिश्चित गर्न पनि सरकारसँग आग्रह गरिएको छ।

बैठकले वाम एकता र कम्युनिस्ट आन्दोलनको पुनर्गठनको आवश्यकता औंल्याउँदै राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रको रक्षा तथा सुदृढीकरणका लागि सबै देशभक्त शक्तिलाई एकजुट हुन आह्वान गरेको छ।



यो समाचारमा

काठमाडौँनेपाली कम्युनिष्ट पार्टीसिन्धुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...