शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्च अदालतको आदेश

Author

सजिलो पत्रिका

२०८३ वैशाख १५, मङ्गलबार

22
Share
Featured

काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा उद्योगी शेखर गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले हिरासतमा राखेको विषयमा परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले २४ घण्टाभित्र उपस्थित गराउन आदेश दिएको छ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश नृपध्वज निरौला को एकल इजलासले विपक्षीहरूका नाममा उक्त आदेश जारी गरेको हो। गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै अदालतले २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेश गर्न पनि आदेश दिएको छ।

यसअघि काठमाडौँ जिल्ला अदालतले गोल्छालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। न्यायाधीश दण्डपाणि लामिछानेको इजलासले थुनाम्याद थपको अनुमति दिएको हो।

गोल्छालाई सीआईबीको टोलीले गत बिहीबार नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। सर्वोच्च अदालतको पछिल्लो आदेशपछि उनको हिरासतसम्बन्धी कानुनी प्रक्रिया थप अघि बढ्ने भएको छ।

यो समाचारमा

सर्वोच्च अदालतकाठमाडौँशेखर गोल्छानेपाल उद्योग वाणिज्य महासंघ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...