देवराज चालिसेको आरोप: नियमावलीलाई ‘सुपर–कानुन’ बनाउने प्रयास भइरहेको छ

Author

सजिलो पत्रिका

२०८३ वैशाख १२, शनिबार

23
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसे ले प्रतिनिधिसभाको प्रस्तावित नियमावलीलाई ‘सुपर–कानुन’ बनाउने प्रयास भइरहेको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले प्रस्तावित प्रतिनिधिसभा नियमावली–२०८३ ले गम्भीर संवैधानिक प्रश्न उठाएको बताएका छन्। उनका अनुसार संसद् कानुन बनाउने संस्था हो कि कानुनभन्दा माथि रहने संस्था हो भन्ने विषयमा बहस आवश्यक भएको छ।

चालिसेले प्रस्तावित नियमावलीमा ‘प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा, समिति र सदस्यको हकमा यो नियमावली संघीय कानुनसरह लागू हुनेछ’ भन्ने व्यवस्था रहेको उल्लेख गर्दै यसलाई सामान्य प्रावधान नभएको टिप्पणी गरेका छन्।

उनले यस्तो व्यवस्था व्यवहारमा फौजदारी कानुन, मुलुकी संहिता तथा अन्य प्रचलित कानुनलाई निष्प्रभावी बनाउने दिशातर्फ संकेत गर्ने भन्दै चिन्ता व्यक्त गरेका छन्। साथै, उनले नियमावलीलाई कानुनभन्दा माथि राख्ने प्रयास गलत हुने धारणा पनि राखेका छन्।


यो समाचारमा

काठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...