संयुक्त राष्ट्रसङ्घको चेतावनी: विश्वव्यापी द्वन्द्वबीच बारुदी सुरुङको खतरा बढ्दै

Author

सजिलो पत्रिका

२०८३ वैशाख ११, शुक्रबार

24
Share
Featured

काठमाडौँ

संयुक्त राष्ट्रसङ्घले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वका कारण बारुदी सुरुङ र विस्फोटक पदार्थबाट बढ्दो खतरा रहेको चेतावनी दिएको छ। शान्ति अपरेसनका लागि राष्ट्रसङ्घीय उप–महासचिव जिन–पियरे ल्याक्रोइक्सले गाजा स्ट्रिप, युक्रेनसुडानलगायत क्षेत्रमा स्थिति अत्यन्त जोखिमपूर्ण बन्दै गएको बताएका छन्।

जेनेभामा आयोजित एक कार्यक्रममा बोल्दै उनले बारुदी सुरुङका कारण दैनिक औसत एक जनाको ज्यान जाने गरेको र तीमध्ये धेरै बालबालिका रहेको उल्लेख गरे। उनले विस्फोटक पदार्थ हटाउने प्रयास (डिमाइनिङ) मा आवश्यक बजेट अभावले काम प्रभावित भएको पनि बताए।

ल्याक्रोइक्सले यस्ता खतरालाई नियन्त्रण गर्न राष्ट्रसङ्घ, गैरसरकारी संस्था र सदस्य राष्ट्रहरूको संयुक्त तथा समन्वित अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेकोमा जोड दिए।

उनले बिग्रँदो सुरक्षा अवस्था, गलत सूचनाको फैलावट र आधुनिक प्रविधिबाट उत्पन्न नयाँ जोखिमले शान्ति मिसन सञ्चालनमा थप चुनौती सिर्जना गरिरहेको बताए।

त्यसैगरी, बजेट कटौती र सदस्य राष्ट्रहरूले समयमा वा पूर्ण रूपमा योगदान नदिँदा शान्ति मिसनहरूमा वित्तीय दबाब बढ्दै गएको चेतावनी पनि उनले दिएका छन्।

यो समाचारमा

सुडानकाठमाडौँयुक्रेनगाजा स्ट्रिप

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...