
काठमाडौँसंयुक्त राष्ट्रसङ्घले विश्वका विभिन्न क्षेत्रमा जारी द्वन्द्वका कारण बारुदी सुरुङ र विस्फोटक पदार्थबाट बढ्दो खतरा रहेको चेतावनी दिएको छ। शान्ति अपरेसनका लागि राष्ट्रसङ्घीय उप–महासचिव जिन–पियरे ल्याक्रोइक्सले गाजा स्ट्रिप, युक्रेन र सुडानलगायत क्षेत्रमा स्थिति अत्यन्त जोखिमपूर्ण बन्दै गएको बताएका छन्।जेनेभामा आयोजित एक कार्यक्रममा बोल्दै उनले बारुदी सुरुङका कारण दैनिक औसत एक...