अमेरिकी भ्रमणपछि तिब्बती विषयमा चीनको बढ्दो चासो

Author

सजिलो पत्रिका

२०८३ वैशाख १०, बिहिबार

30
Share
Featured
  • अमेरिकी सहायक विदेशमन्त्री एस पाउल कपुरको नेपाल भ्रमणपछि चीनले पनि उच्चस्तरीय भेटघाटमार्फत चासो देखाएको छ।
  • कपुरले तिब्बती शरणार्थीको विषय उठाएपछि चीनले त्यसप्रति असन्तुष्टि र संवेदनशीलता जनाएको छ।
  • तिब्बती गतिविधि र धर्मशालामा हुने कार्यक्रममा नेपालको सम्भावित सहभागिताप्रति चीन विशेष रूपमा सतर्क देखिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

अमेरिकी सहायक विदेशमन्त्री एस पाउल कपुरको नेपाल भ्रमणपछि चीनले पनि बढ्दो चासो देखाएको छ। दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने कपुर सोमबार नेपाल आएका थिए भने बुधबार स्वदेश फर्किएका छन्। उनको भ्रमणसँगै चिनियाँ विदेश मन्त्रालयको एसियाली मामिला विभागकी उपनिर्देशक काओ झिंग पनि नेपाल आएर उच्चस्तरीय भेटघाट गरी फर्किएकी छन्।

स्रोतका अनुसार कपुरले परराष्ट्रमन्त्री शिशिर खनाललाई भेटेकै दिन काओ झिंग पनि परराष्ट्र मन्त्रालय पुगेकी थिइन्। उनले मन्त्रालयका सचिव अमृतबहादुर राईसँग भेट गरी कपुरको भ्रमण र त्यससँग सम्बन्धित विषयहरूमा चासो राखेकी थिइन्।

कपुरले नेपाल बसाइका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, अर्थमन्त्री स्वर्णिम वाग्ले तथा परराष्ट्रमन्त्री खनालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। ती भेटमा उनले तिब्बती शरणार्थीहरूको सुरक्षा र व्यवस्थापनको विषय उठाएका थिए। उक्त विषयमा काओ झिंगले असन्तुष्टि जनाएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

चीनले विशेषगरी नेपालमा रहेका तिब्बती शरणार्थीहरूको अवस्था र १४औँ दलाई लामाका प्रतिनिधिहरूको हालैका गतिविधिप्रति चासो व्यक्त गरेको बताइएको छ। साथै, जेठ १३ गते (मे २७) भारतको धर्मशालामा हुने केन्द्रीय तिब्बती प्रशासनका अध्यक्ष पेन्पा छिरिङको शपथ ग्रहण समारोहमा नेपाल सहभागी हुने सम्भावनाप्रति पनि चीनले निगरानी राखेको छ।

यसैबीच, काओ झिंगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) तथा नेकपाका केही नेताहरूसँग पनि भेट गरेको दाबी गरिए पनि यसको आधिकारिक पुष्टि हुन सकेको छैन।

चीनको विदेश मन्त्रालयअन्तर्गतको एसियाली मामिला विभागले चीनको विदेश नीति कार्यान्वयन गर्ने, सम्बन्धित देशहरूसँग कूटनीतिक सम्बन्ध सुदृढ गर्ने तथा प्रतिवेदन तयार पार्ने काम गर्दछ। उक्त विभागमा लिउ जिन्सङ निर्देशक रहेका छन् भने काओ झिंगसहित चार जना उपनिर्देशक रहेका छन्।

यसअघि नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले चैत ३० गते तत्कालीन गृहमन्त्रीसँग भेट गरी नेपालमा बढ्दै गएको चिनियाँविरोधी गतिविधि तथा तिब्बती राजनीतिक गतिविधिबारे चासो व्यक्त गरेका थिए। विशेषगरी धर्मशालामा हुने तिब्बती प्रशासनसम्बन्धी कार्यक्रममा नेपालबाट सहभागिता हुने सम्भावनालाई लिएर चीनले चिन्ता व्यक्त गरेको थियो।

हालै कपुरको नेपाल भ्रमणका क्रममा भएका भेटघाट र तिब्बती विषय उठेपछि चीन थप सतर्क र चासोपूर्ण देखिएको कूटनीतिक स्रोतहरूले बताएका छन्।

यो समाचारमा

चीनकाठमाडौँस्वर्णिम वाग्लेशिशिर खनाल
नेपाल कम्युनिष्ट पार्टी (एमाले)7 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...