मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन अचानक स्थगित

Author

सजिलो पत्रिका

२०८३ वैशाख १०, बिहिबार

17
Share
Featured

काठमाडौँ

राष्ट्रपतिद्वारा आह्वान गरिएको सङ्घीय संसद्को अधिवेशन अचानक स्थगित गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गतेका लागि तय गरिएको अधिवेशन स्थगित गरेका हुन्।

राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार अधिवेशन स्थगित गरिएको हो। यसअघि सरकारकै सिफारिसमा वैशाख ९ गते राष्ट्रपतिले वैशाख १७ मा संसद् अधिवेशन आह्वान गरेका थिए।

तर वैशाख १० गते सरकारले अधिवेशन स्थगित गर्न राष्ट्रपतिको कार्यालयमा पत्र पठाएको थियो। उक्त पत्रमा अधिवेशन कहिले पुनः आह्वान गर्ने भन्ने मिति भने उल्लेख गरिएको छैन।

मन्त्रिपरिषद्ले पठाएको पत्रमा विशेष कारणले अधिवेशन स्थगित गर्नुपरेको उल्लेख गरिएको छ। यसअघि वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा अधिवेशन आह्वान गरिएको थियो।

यो समाचारमा

रामचन्द्र पौडेलकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...