२६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए गृहमन्त्री सुधन गुरुङ

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०९, बुधबार

27
Share
Featured

काठमाडौँ

गृहमन्त्री सुदन गुरुङ पदभार सम्हालेको २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिएका छन्। विवादित व्यापारी दीपक भट्टसँग व्यापारिक सेयर साझेदारी रहेको विषय सार्वजनिक भएपछि उनी बुधबार राजीनामा दिन बाध्य भएका हुन्।

गुरुङ चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका थिए। पदभार सम्हालेपछि उनले ‘ठूला माछा’ नियन्त्रण गर्ने अभियानमा आक्रामक रूपमा काम गर्ने संकेत गरेका थिए। तर पछिल्लो समय आफ्नै लगानी र व्यावसायिक सम्बन्धका कारण उनी आलोचनाको केन्द्रमा परेका थिए।

लिबर्टी माइक्रोलाइफ इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा उनको लगानी रहेको विवरण सार्वजनिक भएपछि उनीमाथि राजीनामाको दबाब बढेको थियो। चौतर्फी आलोचना र राजीनामाको मागपछि अन्ततः उनले पद त्याग गरेका हुन्।

यो समाचारमा

काठमाडौँसुदन गुरुङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...