माधव नेपालको टिप्पणी: सरकारप्रति बढ्दो असन्तुष्टि, “लक्षण राम्रो छैन”

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०९, बुधबार

22
Share
Featured

काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वर्तमान सरकारप्रति आलोचनात्मक टिप्पणी गर्दै यसको “लक्षण राम्रो नदेखिएको” बताएका छन्। बुधबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडाामा आयोजित पार्टी स्थापना दिवस कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको ७७ वर्षे इतिहासको समग्र समीक्षा आवश्यक रहेको बताए। उनले आन्दोलनमा कहाँ कमजोरी भयो, कहाँ सफलता र कहाँ पराजय भयो भन्ने विषयमा खुला छलफल हुनुपर्नेमा जोड दिए।

नेपालले कम्युनिस्ट पार्टीका संस्थापक चार जना हो वा पाँच जना भन्ने विषयमा पनि बहस आवश्यक रहेको उल्लेख गरे। उनका अनुसार संस्थापक सदस्यका विषयमा फरक–फरक धारणा रहेकाले स्पष्ट छलफल गर्नुपर्ने आवश्यकता छ।

उनले आफ्नो विचारमा संस्थापक पाँच जना हुनुपर्ने भन्दै पुष्पलाल श्रेष्ठ, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य र मोतिदेवीलाई संस्थापकको रूपमा उल्लेख गरे।

साथै, नेता नेपालले वर्तमान राजनीतिक अवस्थाप्रति टिप्पणी गर्दै वर्तमान सरकारको कार्यशैलीप्रति जनतामा सन्तुष्टि नदेखिएको दाबी गरे। उनले सरकारले राजनीति र समाजका बेथिति अन्त्य गर्न सक्छ कि सक्दैन भन्ने प्रश्नसमेत उठेको बताए।

यो समाचारमा

काठमाडौँनेपाली कम्युनिष्ट पार्टीमाधवकुमार नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...