कञ्चनपुरमा चक्कु प्रहार गरी युवकको हत्या, दुई जना पक्राउ

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०८, मङ्गलबार

24
Share
Featured

काठमाडौँ

कञ्चनपुरको पुनर्वास नगरपालिका–५ भानुबस्तीमा विवाह समारोहमा गएका एक युवकको चक्कु प्रहार गरी हत्या गरिएको छ। घटना गएराति भएको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्वास नगरपालिका–५ का १८ वर्षीय उज्जल सायरको छातीमा चक्कु प्रहार गरिएको थियो। उनी आफन्तको विवाहमा सहभागी भएका बेला स्थानीय युवाबीच भएको विवादका क्रममा आक्रमण भएको बताइएको छ।

गम्भीर घाइते भएका सायरलाई उपचारका लागि धनगढीस्थित माया मेट्रो अस्पताल लगिएको थियो। तर उपचारका क्रममा राति करिब २ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हेमबहादुर शाहीका अनुसार घटनामा संलग्न भएको आरोपमा स्थानीय २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टङ्क थापालाई नियन्त्रणमा लिइएको छ।

पक्राउ परेका दुवैजनालाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा राखी घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

पुनर्वास नगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...