कारबाहीको चर्चा चलिरहँदा गृहमन्त्री सुधन गुरुङको रवि लामिछानेसँग भेट, रास्वपामा छलफल तीव्र

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०७, सोमबार

30
Share
Featured

काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद तथा गृहमन्त्री सुदन गुरुङले पार्टी सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्। उनी सोमबार बिहान बुढानीलकण्ठस्थित लामिछानेको निवास पुगेर भेट गरेको स्रोतले जनाएको छ।

गुरुङमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका विवादास्पद व्यापारी दीपक भट्ट तथा शंकर ग्रुपसँग व्यवसायिक साझेदारी रहेको समाचार सार्वजनिक भएपछि उनी विवादमा तानिएका छन्। यही पृष्ठभूमिमा पार्टीभित्र उनलाई कारबाही गर्ने वा नगर्ने विषयमा छलफल तीव्र बनेको छ।

गोरखा–१ बाट निर्वाचित गुरुङ चैत १३ गते गृहमन्त्री नियुक्त भएका थिए। पछिल्ला दिनमा पार्टीभित्र उच्च तहमा भएको छलफलपछि उनको राजनीतिक गतिविधि र दौडधुप बढेको देखिएको छ।

आजै रास्वपाको केन्द्रीय समिति बैठक बस्ने तयारी छ, जसले गुरुङमाथिको कारबाहीबारे अन्तिम निर्णय लिने बताइएको छ। पार्टी अनुशासन आयोगले पनि यस विषयमा आन्तरिक अध्ययन र गृहकार्य अघि बढाएको छ।

यो समाचारमा

सुदन गुरुङकाठमाडौँगोरखारवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...