अबको बाटो: एकता कि विभाजन?

कोइराला परिवार लागे देउवा छाडेर थापा थापतिर, संस्थापन पक्ष संकटमा

Author

सस्मिता सुनार

२०८३ वैशाख ०६, आइतबार

34
Share
Featured

काठमाडौँ,नेपाली काँग्रेसको सात दशक लामो इतिहासमा यतिबेला फेरि एकपटक 'अस्तित्वको लडाइँ' उत्कर्षमा पुगेको छ। लामो समयको आन्तरिक विवाद र कानुनी रस्साकसीका बीच अन्ततः सर्वोच्च अदालतले गगन थापा नेतृत्वको समितिलाई आधिकारिकता प्रदान गरेसँगै कांग्रेसको राजनीतिले नयाँ मोड लिएको छ। शुक्रबार आएको अदालतको फैसलाले देउवा पक्षधर  यतिबेला गम्भीर संकटमा परेको छ।

अदालतको फैसला र नेतृत्वको वैधता

२०८२ भदौमा भ्रष्टाचार र बेथितिविरुद्ध उर्लिएको जेनजी आन्दोलन'को रापतापबीच सम्पन्न विशेष महाधिवेशनबाट गगन थापाले पार्टीको बागडोर सम्हालेका थिए। यद्यपि, तत्कालीन सभापतिशेर बहादुर देउबापक्षले यसलाई 'अवैधानिक' भन्दै अस्वीकार गर्दै आएको थियो। तर, सर्वोच्च अदालतले थापाकै नेतृत्वलाई कानुनी वैधता दिएपछि देउवा पक्ष कमजोर बनेका छन्। 

बदलिएको शक्ति समीकरण र 'जेनजी' प्रभाव

२०८२ भदौ २३ र २४ गते भ्रष्टाचार र अनियमितता विरुद्ध भएको आन्दोलनले तत्कालीन नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको थियो। सोही दबाबका बीच थापाले विशेष महाधिवेशनमार्फत नेतृत्व सम्हाले पनि संस्थापन पक्षले यसलाई लामो समयसम्म चुनौती दिइरह्यो। तर, अहिले सर्वोच्चको आदेशले सबै अन्योल चिरेको छ।

 देउवा नेतृत्वको असन्तुष्टि र थापाको नयाँ भिजनका कारण धेरैजसो कार्यकर्ताहरू यतिबेला गगन नेतृत्वको कांग्रेसतिर आकर्षित हुन थालेको राजनीतिक विश्लेषकहरू बताउँछन्।

कोइराला परिवारको गगनलाई साथ

नेपाली कांग्रेसमा 'मध्यमार्गी धार'को रूपमा परिचित कोइराला परिवारका नेताहरूले अन्ततः देउवा समूहसँगको सहकार्य तोडेका छन्। विशालनगरस्थित नेता डॉ. शेखर कोईरालाको सम्पर्क कार्यालयमा भएको छुट्टै भेलापछि कोइराला परिवारका नेताहरू गगन थापालाई सभापति स्विकार्दै धुम्बाराहीस्थित जारी देउवा समूहको बैठक बहिष्कार गरेर एकै ठाउँमा उभिने निर्णयमा पुगेका छन्।   

‘हामीले सर्वोच्चको फैसला स्विकार्दै अघि बढ्ने निष्कर्ष निकालेका छौँ। हामी पार्टी फुट र थप क्षयीकरणको पक्षमा छैनौँ,’ नेता गुरुङले भने, ‘कांग्रेसलाई एक बनाएर लैजानुपर्ने कुरामा हामीबीच एकमत छ।’ लामो समयदेखि अलग-अलग हिँड्दै आएका शेखर र शशांकलाई जुटाएर कोइराला परिवारलाई एकै ठाउँमा उभ्याउन धनराज गुरुङले निर्णायक भूमिका खेलेका छन्।

अबको बाटो: एकता कि विभाजन?

सर्वोच्चको फैसला र कोइराला परिवारको साथले गगन थापालाई नैतिक र राजनीतिक रूपमा बलियो त बनाएको छ, तर देउवा पक्षलाई सँगै लिएर जानु उनका लागि ठुलो चुनौती हुनेछ। यो शक्ति सङ्घर्षले कांग्रेसलाई थप सबल बनाउँछ वा आन्तरिक द्वन्द्वको भुमरीमा फसाउँछ, त्यो आगामी केही दिनका गतिविधिले प्रस्ट पार्नेछ।

यद्यपि, अहिलेको बदलिएको परिदृश्यमा एउटा कुरा भने ऐना जस्तै छर्लङ्ग छ— नेपाली कांग्रेस अब देउवाको 'बिरासत' बाट निस्किएर गगन थापा र कोइराला परिवारको नयाँ गठबन्धनतिर उन्मुख भएको छ। यसलाई नेपाली राजनीतिमा परम्परागत शक्तिको पतन र नयाँ पुस्ताको उदयको रूपमा हेरिएको छ।

यो समाचारमा

गगन थापानेपाली काँग्रेसकाठमाडौँडॉ. शेखर कोईराला
शेर बहादुर देउबा4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...