म्यानचेस्टर युनाइटेडले चेल्सीलाई १–० ले हरायो

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०६, आइतबार

26
Share
Featured

काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड फुटबल क्लबले चेल्सी फुटबल क्लबलाई १–० ले पराजित गरेको छ। घरेलु मैदानमा भएको खेलमा युनाइटेडले महत्वपूर्ण जित दर्ता गरेको हो।

युनाइटेडको जितमा म्याथियस कुन्हाले गरेको एकमात्र गोल निर्णायक बन्यो। ब्रुनो फर्नान्डेसको क्रसलाई सदुपयोग गर्दै उनले खेलको ४३औँ मिनेटमा बक्सभित्रबाट उत्कृष्ट प्रहारमार्फत गोल गरेका थिए।

यस जितसँगै म्यानचेस्टर युनाइटेड ३३ खेलबाट ५८ अंकसहित अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। उता समान खेल खेलेको चेल्सी ४८ अंकसहित तालिकामा पछि परेको छ।

यो समाचारमा

काठमाडौँम्यानचेस्टर युनाइटेड फुटबल क्लबप्रिमियर लिगचेल्सी फुटबल क्लब

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...