सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०३, बिहिबार

18
Share
Featured

काठमाडौँ

सरकारी छाप दुरुपयोग गर्नुका साथै कीर्ते हस्ताक्षर गरी चोरीका मोटरसाइकल बिक्री वितरण गर्दै आएको आरोपमा तीन जनालाई प्रहरीले तुलसीपुरबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला सल्यान बागचौर नगरपालिका-२ बस्ने २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षीय राजन बिष्ट रहेको जिल्लास्थित प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । 

प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराका अनुसार वैशाख १ गते साँझ ५ः०० बजे तुलसीपुर उपमहानगरपालिका-५ माछापुच्छ्रे टोलस्थित थारमारे भण्डारी होटलमा शङ्कास्पद गतिविधि भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षकको कमान्डमा टोली खटिएको थियो ।

प्रहरी टोलीले उक्त स्थानबाट निजहरूका साथबाट विभिन्न सवारी दर्ता किताब र नक्कली छाप बरामद गरिएको हो । बरामद सामानमा बा.प्र.०२-०४६ प ३३३२ नम्बरको मोटरसाइकलको सवारी दर्ता किताब एक थान, यातायात व्यवस्था सेवा कार्यालय वीरेन्द्रनगर, सुर्खेतको ‘डिजिटल’ छाप एक थान, रा२प ३११५ नम्बरको सवारी दर्ता किताब एक थान र बाग्मती प्रदेश ०२-०४५ प १७३० नम्बरको यामाहा भि-३ मोटरसाइकल एक थान रहेका प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो । 

प्रहरीले उनीहरूविरुद्ध लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत  घोराहीबाट पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

यो समाचारमा

बागचौर नगरपालिकासल्यानकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...