कांग्रेस आधिकारिकता विवाद : सर्वोच्चमा ६ संवैधानिक प्रश्नमा केन्द्रित बहस

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०३, बिहिबार

15
Share
Featured
  • नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतमा ६ संवैधानिक तथा कानुनी प्रश्नमा केन्द्रित बहस भइरहेको छ।
  • निर्वाचन आयोगले गगन थापा नेतृत्वलाई मान्यता दिएपछि देउवा पक्षले रिट दायर गरेको हो।
  • मुद्दाले दलभित्रको विवादसँगै निर्वाचन प्रक्रिया र अदालतको हस्तक्षेप सीमासम्बन्धी महत्वपूर्ण प्रश्न उठाएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ


नेपाली काँग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा आज ६ वटा संवैधानिक तथा कानुनी जटिलतामा केन्द्रित रहेर बहस हुने भएको छ। उक्त मुद्दाको सुनुवाइ न्यायाधीश शारङ्गा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा भइरहेको छ।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई मान्यता दिएपछि असन्तुष्ट शेर बहादुर देउबा पक्षले आयोगको निर्णयविरुद्ध रिट दायर गरेको थियो। प्रारम्भिक सुनुवाइका क्रममा सर्वोच्च अदालतको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरे पनि विभिन्न संवैधानिक र कानुनी प्रश्न उठाएको थियो।

यसअघि न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले ६ वटा प्रमुख जटिलताका विषयमा प्रश्न उठाउँदै विपक्षीसँग लिखित जवाफ माग्ने आदेश दिएको थियो। ती प्रश्नहरूमा विशेष महाधिवेशन बोलाउने प्रक्रिया वैधानिक भए–नभएको, त्यसबाट भएका निर्णयहरूको कानुनी मान्यता, पदाधिकारीहरूको कार्यकाल र त्यसलाई चुनौती दिन मिल्ने–नमिल्ने लगायतका विषय समेटिएका छन्।

त्यसैगरी, राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अन्तर्गत निर्वाचन आयोगको निर्णयमाथि सर्वोच्च अदालतले कति हदसम्म हस्तक्षेप गर्न सक्छ भन्ने विषय पनि बहसको केन्द्रमा रहनेछ। साथै, दलभित्रको विवादका कारण प्रतिनिधिसभा निर्वाचन प्रक्रिया प्रभावित पार्न सकिने–नसकिने प्रश्न पनि उठाइएको छ।

सर्वोच्च अदालतको निर्णयले नेपाली कांग्रेसभित्रको आधिकारिकता विवादको टुंगो लगाउने मात्र नभई राजनीतिक दलसम्बन्धी कानुनी अभ्यासमा समेत दूरगामी प्रभाव पार्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

निर्वाचन आयोगनेपाली काँग्रेसकाठमाडौँशेर बहादुर देउबा
सर्वोच्च अदालत4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...