शिक्षामन्त्री पोखरेल र बेलायती राजदूत फेनबीच शिष्टाचार भेट, शैक्षिक सहकार्यमा छलफल

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०२, बुधबार

21
Share
Featured

काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलनेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित मन्त्रालयमा बुधबार भएको भेटमा शिक्षा तथा खेलकुद क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको हो।

भेटका क्रममा नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र भविष्यका सहकार्यका क्षेत्रबारे समेत छलफल भएको छ। शिक्षा क्षेत्रमा बेलायत सरकारबाट हाल भइरहेको सहयोगलाई निरन्तरता दिने विषयमा दुवै पक्षबीच सहमति बनेको बताइएको छ।

छलफलमा नेपाल सरकारले सातै प्रदेशमा सञ्चालन गर्न लागेको अटिजम स्कुल, शिक्षकको पेसागत क्षमता विकास तथा शैक्षिक जनशक्ति सुदृढीकरणका विषयमा विशेष जोड दिइएको थियो। साथै, ट्रान्सनेश्नल एजुकेसनको सम्भावना र यसको कार्यान्वयनबारे पनि विचार–विमर्श भएको छ।

मन्त्री पोखरेलले शिक्षा क्षेत्रको सुधार र शिक्षक क्षमता विकासका लागि बेलायत सरकारको निरन्तर सहयोग अपेक्षित रहेको बताए। उनले अटिजम स्कुल सञ्चालन तथा आवश्यक स्रोत र जनशक्ति विकासमा सहयोगको आवश्यकता रहेको पनि उल्लेख गरे।

त्यस्तै, बेलायती राजदूत रब फेनले नेपालको शिक्षा तथा खेलकुद क्षेत्रमा विगतदेखि हुँदै आएको सहयोगलाई निरन्तरता दिन बेलायत सरकार इच्छुक रहेको बताए। भेटले दुई देशबीचको बहुआयामिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरिएको छ।

यो समाचारमा

काठमाडौँनेपालसस्मित पोखरेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...