कालीगण्डकी नदीमा डुबेर बेपत्ता युवकको शव फेला, एक जनाको खोजी जारी

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०२, बुधबार

25
Share
Featured

काठमाडौँ

पाल्पाको बगनासकाली गाउँपालिका–७ देउलाटाँडस्थित कालीगण्डकी नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई युवकमध्ये एक जनाको शव फेला परेको छ। नदीमा डुबेर बेपत्ता भएका अर्का युवकको खोजी कार्य भने जारी रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार हिजो साँझ ३१ वर्षीय शरण भुसाल र १९ वर्षीय तोयनाथ बस्याल नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनापछि तत्कालै प्रहरी टोली परिचालन गरी खोजी कार्य सुरु गरिएको थियो।

सोही क्रममा आज बिहान कालीगण्डकी नदीको बीच भागमा बगनासकाली गाउँपालिका–१ चापपानीका १९ वर्षीय तोयनाथ बस्यालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी होमबहादुर चौधरीले जानकारी दिएका छन्।

अर्का बेपत्ता शरण भुसालको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

यो समाचारमा

काठमाडौँपाल्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...