संसद्का दुई संयुक्त समितिमा राष्ट्रिय सभाका ६ सदस्य मनोनीत

Author

सजिलो पत्रिका

२०८२ चैत ३०, सोमबार

21
Share
Featured

काठमाडौँ

सङ्घीय संसद्का दुई संयुक्त समितिमा राष्ट्रिय सभाका तर्फबाट सदस्यहरू मनोनीत भएका छन्। सोमबार सङ्घीय संसद् सचिवालयले विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो।

सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिमा आनन्दप्रसाद ढुङ्गाना, नरबहादुर विष्ट र प्रेमप्रसाद दंगाललाई सदस्यका रूपमा मनोनीत गरिएको छ।

त्यसैगरी, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा किरणबाबु श्रेष्ठ, मदनकुमारी शाह (गरिमा) र डा. अञ्जान शाक्यलाई सदस्य चयन गरिएको छ।

राष्ट्रिय सभातर्फबाट यी समितिहरूमा तीन–तीन जना सदस्य मनोनीत गरिएको सचिवालयले जनाएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...