
काठमाडौँसङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा तथा संयुक्त समितिका सभापतिहरूको मनोनयन दर्ता बिहीबार हुने भएको छ। सङ्घीय संसद् सचिवालयका सचिव हर्कराज राईले जारी गरेको सूचनाअनुसार मनोनयन दर्ता दिउँसो १ बजेदेखि ४ बजेसम्म गरिनेछ।सूचनामा उल्लेख गरिएअनुसार मनोनयन दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ। त्यस्तै, सोही दिन दिउँसो साढे ४ बजे उम्मेदवारहरूको अन्तिम नामावली...