स्वास्थ्य अवस्था सामान्य रहे सोमबार केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया हुने

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

30
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेमा सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी गरिएको छ। अस्पताल स्रोतका अनुसार हालसम्म गरिएका सबै स्वास्थ्य परीक्षणका रिपोर्ट सामान्य देखिएका छन्।

त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा. सुवास आचार्यले ओलीको शल्यक्रियाका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए। उनले भने, “रिपोर्टहरू नर्मल छन्, तर यसबीच स्वास्थ्यमा कुनै उतारचढाव नआए सोमबार शल्यक्रिया गरिन्छ।”

ओलीलाई चैत १४ गते पक्राउपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। पछि चैत २६ गते सर्वोच्च अदालतको आदेशमा उनी थुनामुक्त भएका थिए। थुनामुक्त भए पनि उनी हालसम्म त्रिवि शिक्षण अस्पतालमै उपचाररत छन्।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)काठमाडौँखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    कामना सेवा विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड

    काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा विस्तार गर्ने उद्देश्यले 'नेपालपे कार्ड' को इस्युइङ र अक्वायरिङ सेवा सुरु गरेको छ। यससँगै बैंकका ग्राहकले अब नेपालपे कार्ड प्राप्त गर्न सक्नेछन् भने बैंकका देशभर रहेका ६६ वटा एटीएमबाट नेपालपे र डिस्कभर नेटवर्कका अन्तर्राष्ट्रिय कार्डहरू (रुपेसहित) मार्फत कारोबार गर्न सकिनेछ।नेपाल

    Data is loading...

    Loading brands...

    Loading footer...