
काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेमा सोमबार पित्तथैलीको शल्यक्रिया गर्ने तयारी गरिएको छ। अस्पताल स्रोतका अनुसार हालसम्म गरिएका सबै स्वास्थ्य परीक्षणका रिपोर्ट सामान्य देखिएका छन्। त्रिवि शिक्षण अस्पतालका निर्देशक प्राध्यापक डा. सुवास आचार्यले ओलीको शल्यक्रियाका लागि आवश्यक तयारी पूरा भएको जानकारी दिए।...