विद्यार्थी संगठनमाथि हस्तक्षेप भए सरकारकै जरो उखेलिन्छ : नेत्रविक्रम चन्द (विप्लव)

Author

सजिलो पत्रिका

२०८२ चैत २९, आइतबार

24
Share
Featured

काठमाडौँ

नेत्रविक्रम चन्द (विप्लव)
ले विद्यार्थी संगठन खारेज गर्ने सरकारी नीतिविरुद्ध भइरहेको आन्दोलनप्रति समर्थन जनाएका छन्। नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव समेत रहेका विप्लवले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै विद्यार्थी संगठनहरूलाई आन्दोलन अझ सशक्त बनाउन आग्रह गरेका हुन्।

उनले सरकारको कदमलाई निरङ्कुश प्रवृत्तिको अभिव्यक्ति भन्दै आलोचना गरेका छन्। विप्लवका अनुसार विद्यार्थी संगठनहरू समाजमा सचेतना, खबरदारी, न्याय, विद्रोह र अग्रगमनका प्रमुख वाहक हुन्। उनले नेपालको इतिहासमा निरङ्कुश शासनको अन्त्यमा विद्यार्थीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरेका छन्।

विप्लवले वर्तमान परिवर्तन र सरकार निर्माणमा योगदान पुर्‍याएका शक्तिहरूलाई नै दबाउने प्रयास गरिए गम्भीर परिणाम आउने चेतावनी दिएका छन्। उनले भनेका छन् कि ती शक्तिहरूको घाँटी निमोठ्न खोजिए सरकारकै जरो उखेलिने अवस्था सिर्जना हुन सक्छ।

यो समाचारमा

नेत्रविक्रम चन्दनेपाल कम्युनिष्ट पार्टी (माओवादी)काठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...