पोखरामा नक्कली लाइसेन्स प्रकरणमा कर्मचारीसहितविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Author

सजिलो पत्रिका

२०८२ चैत २७, शुक्रबार

22
Share
Featured

काठमाडौँ

यातायात व्यवस्था कार्यालय पोखरामा नक्कली सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन कर्मचारीहरूविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार यातायात व्यवस्था कार्यालय कास्कीका तत्कालीन प्रशासन अधिकृत (आठौँ तह) शंकर थापा र तत्कालीन कम्प्युटर अपरेटर जगत ढकालले बागलुङको गलकोट नगरपालिका–२ का हिमबहादुर बस्नेतसँग मिलेमतो गरी सरकारी अभिलेख नै सच्याएको पाइएको छ।

अनुसन्धानमा उनीहरूले कहिल्यै जारी नभएको पुरानो लाइसेन्स नम्बर (डीएल ०८–४२४८२) लाई आधार बनाएर विद्युतीय अभिलेखमा गैरकानुनी रूपमा विवरण हेरफेर गरेको पुष्टि भएको छ। सोही आधारमा बस्नेतको नाममा ए र बी वर्गको लाइसेन्स २० वर्षअघि नै जारी भएको देखिने गरी २०५८ साल चैत २७ गते इस्यु डेट र २०७८ साल चैत २२ गते एक्स्पायरी डेट राखिएको पाइएको हो।

अख्तियारका अनुसार सरकारी अभिलेखमा गलत विवरण प्रविष्ट गरेपछि सोही झुट्टा कागजातका आधारमा २०७८ चैत १५ गते लाइसेन्सको प्रतिलिपि समेत जारी गरिएको थियो।

सरकारी कागजात र विद्युतीय अभिलेख सच्याएर व्यक्तिगत लाभका लागि लाइसेन्स वितरण गरिएको ठहर गर्दै अख्तियारले शंकर थापा, जगत ढकाल र सेवाग्राही हिमबहादुर बस्नेतलाई प्रतिवादी बनाउँदै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। यस्तो कार्यले सुशासन र सार्वजनिक प्रणालीमाथि गम्भीर आघात पुगेको अख्तियारको निष्कर्ष छ।

यो समाचारमा

पोखराकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...