श्रममन्त्री साहलाई प्रधानमन्त्रीले गरे बर्खास्त

Author

सजिलो पत्रिका

२०८२ चैत २६, बिहिबार

30
Share
Featured
  • प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले दीपककुमार साह लाई मन्त्री पदबाट हटाएका छन्।
  • रवि लामिछाने को सिफारिसमा साहलाई पत्नीलाई पदमा नियुक्त गरेको विवादपछि बर्खास्त गरिएको हो।
  • सोही प्रकरणमा निशा मेहता लाई सचेत गरिँदै सुशासनप्रति कडाइ देखाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सिफारिसका आधारमा प्रधानमन्त्रीले उनलाई मन्त्री पदबाट हटाएका हुन्।

रास्वपा सभापति रवि लामिछानेले मन्त्री साहले पदीय मर्यादाको दुरुपयोग गरेको भन्दै उनलाई फिर्ता बोलाउन प्रधानमन्त्रीलाई पत्र पठाएका थिए। मन्त्री साहले आफ्नै पत्नी जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डको सदस्यमा पुनः नियुक्ति गर्ने विवादित निर्णय गरेका थिए। १३ दिनअघि मात्रै मन्त्री नियुक्त भएका साहको पृष्ठभूमि समेत विवादित देखिएपछि उनलाई बर्खास्त गरिएको हो।

यसैगरी, सोही प्रकरणमा आफ्नो जिम्मेवारी निर्वाह गर्दा अपेक्षित गम्भीरता नदेखाएको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई समेत प्रधानमन्त्रीले सचेत गराएका छन्। सभापति लामिछानेको सिफारिसका आधारमा प्रधानमन्त्री शाहले मन्त्री मेहतालाई सचेत गराएका हुन्। आफ्नै मन्त्रीहरूमाथि रास्वपाले चालेको यो कदमलाई राजनीतिक वृत्तमा कडा अनुशासन र सुशासनप्रतिको प्रतिबद्धताका रूपमा हेरिएको छ।


यो समाचारमा

रवि लामिछानेकाठमाडौँबालेन्द्र शाह (बालेन)राष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...