संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज

Author

सजिलो पत्रिका

२०८२ चैत २५, बुधबार

21
Share
Featured

काठमाडौँ

मन्त्रिपरिषद्को यही चैत १६ गतेको निर्णय अनुसार प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र तयारी कार्यदल’को पहिलो बैठक आज अपराह्न ३ः०० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुँदैछ । 

कार्यदलमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट मोहन आचार्य, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट संविधानसभा सदस्य भीष्मनाथ अधिकारी,नेपाली कम्युनिष्ट पार्टीका नेता एवं संविधान सभाका सदस्य देव प्रसाद गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाही र राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्ट सदस्य हुनुहुन्छ । 

यसैगरी, कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव  पुष्कर सापकोटा र नेपाल कानुन आयोगकी सचिव इन्दिरा दाहाल सदस्य हुनुहुन्छ ।  कार्यदलको सदस्यसचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, कानुन तथा फैसला कार्यान्वयन महाशाखाका प्रमुख लीलाधर सुवेदी हुनुहुन्छ ।

नेपाली काँग्रेस, श्रम संस्कृति पार्टी, जनता समाजवादी पार्टी, र लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले कार्यदलमा प्रतिनिधित्व गर्ने सदस्य आजै चयन गर्ने अपेक्षा गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यो समाचारमा

राष्ट्रिय जनमोर्चाजनता समाजवादी पार्टीनेपाल कम्युनिष्ट पार्टी (एमाले)लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल
नेपाली काँग्रेस9 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...