इरान युद्धमा १३ अमेरिकी सैनिकको मृत्यु, ३६५ घाइते

Author

सजिलो पत्रिका

२०८२ चैत २२, आइतबार

25
Share
Featured

काठमाडौँ

इरानसँगको युद्धमा हालसम्म १३ अमेरिकी सैनिकको मृत्यु भएको छ भने ३६५ जना घाइते भएका छन्।

फेब्रुअरी २८ देखि संयुक्त राज्य अमेरिकाइजरायलले इरानमाथि संयुक्त आक्रमण सुरु गरेयता उक्त क्षति भएको पेन्टागनले जनाएको छ। पेन्टागनको अनलाइन अपडेटअनुसार घाइतेमध्ये २४७ जना सेना, ६३ जना नौसेना, १९ जना मरिन र ३६ जना वायुसेनाका रहेका छन्।

मृत्यु हुनेमध्ये ७ जना शत्रुतापूर्ण कारबाहीमा मारिएका, ६ जना कुवेतमा इरानी आक्रमणमा ज्यान गुमाएका र १ जना साउदी अरबमा घाइते भएपछि मृत्यु भएको बताइएको छ।

यसबीच, इरानी सेनाले खसालेका वा प्रहार गरेका अमेरिकी युद्धविमानमा सवार चालक दलका सदस्यहरू उक्त तथ्यांकमा समावेश छन् वा छैनन् भन्ने विषयमा स्पष्ट जानकारी भने सार्वजनिक गरिएको छैन।

यो समाचारमा

संयुक्त राज्य अमेरिकाइजरायलकाठमाडौँइरान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    स्पेनसँग हारेपछि पत्रकार सम्मेलनमै रोए अर्जेन्टिनाका प्रशिक्षक

    काठमाडौं । सोमबार बिहान अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० ले हराएर स्पेनले दोस्रोपटक फिफा विश्वकपको उपाधि जितेको छ। अर्जेन्टिनालाई मुस्किलले हराउँदै १६ वर्षपछि दोस्रोपटक विश्वकपको उपाधि जित्दा स्पेनी टोलीको खुसीको सीमा छैन।उता पराजित अर्जेन्टिनाका प्रशिक्षक लियोनेल स्कालोनी भने पत्रकार सम्मेलनमै रोएका छन्। खेलपछि आयोजित पत्रकार सम्मेलनमा उनी धेरैपटक रोए र माफी

    Data is loading...

    Loading brands...

    Loading footer...