ओलीको बयान : भिड नियन्त्रणमा बल प्रयोग गर्ने निर्णय जिल्ला तहबाट हुने

Author

सजिलो पत्रिका

२०८२ चैत २०, शुक्रबार १३:३५

19
Share
Featured

काठमाडौँ

जेनजी आन्दोलन दमनसम्बन्धी मुद्दामा पक्राउ परेका पूर्व प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीसँग प्रहरीले बयान लिएको छ। हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका ओलीसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले अस्पतालमै बयान लिएका हुन्।

प्रहरीका अनुसार ओलीसँग ३५ भन्दा बढी प्रश्न सोधिएको छ। बयानका क्रममा उनले काठमाडौँको बानेश्वरमा भएको गोली प्रहारको आदेश आफूले नदिएको स्पष्ट पारेका छन्। उनले भिड नियन्त्रणका क्रममा बल प्रयोग गर्ने निर्णय जिल्ला तहबाटै हुने जिकिर गरेका छन्।

ओलीले आन्दोलनअघि सुरक्षा निकायसँग छलफल भएको र त्यतिबेला प्रदर्शन शान्तिपूर्ण हुने जानकारी दिइएको बताएका छन्। उनले शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको उल्लेख गर्दै हताहती हुन नदिन ध्यान दिन आग्रह गरिएको बताएका छन्।

बयानमा उनले प्रधानमन्त्रीको रूपमा आफूले गोली चलाउन आदेश दिने अधिकार नरहेको पनि उल्लेख गरेका छन्। कमभन्दा कम क्षति हुने गरी अवस्था नियन्त्रण गर्न निर्देशन दिइएको तर बल प्रयोग गर्ने निर्णय आफ्नो कार्यक्षेत्रभित्र नपर्ने उनको भनाइ छ।

त्यस्तै बानेश्वर घटनापछि मन्त्रिपरिषद्को बैठक बसेर निष्पक्ष छानबिनका लागि आयोग गठन गर्ने, घाइतेको उपचार र मृतकका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरिएको पनि उनले बताएका छन्।

प्रहरीका अनुसार ओलीसँगको बयान प्रक्रिया बिहीबार राति सम्पन्न भएको हो।

यो समाचारमा

खड्गप्रसाद शर्मा ओलीकाठमाडौँ

ट्यागहरू

#त्रिवि शिक्षण अस्पताल#जेनजी आन्दोलन#काठमाडौँको बानेश्वर#गोली प्रहारको आदेश#पूर्व प्रधानमन्त्री केपी शर्मा ओली#सुरक्षा निकाय#मन्त्रिपरिषद्को बैठक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    sajilo patrika

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सकेर प्रचण्ड स्वदेश फर्किए

    कारबाहीमा परेका व्यक्तिको भविष्यको योग्यता ऐनमै प्रष्ट हुनुपर्छ- कार्यकारी निर्देशक रावल

    जलविद्युत् आयोजनाको वर्गीकरण गर्दै प्राधिकरण

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू