संसदीय दलको बैठकमा भुसाल र पौडेलको सहभागिता, कांग्रेसमा छलफल जारी

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

22
Share
Featured

काठमाडौँ

नेपाली काँग्रेस संसदीय दलको बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा जारी रहेको छ। बैठकमा आजबाट सुरु हुन लागेको संसद् अधिवेशनमा पार्टी कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल भइरहेको बताइएको छ।

बैठकमा संसदीय दलका सदस्यहरूका साथै पार्टीका अन्य शीर्ष नेताहरूको पनि सहभागिता रहेको छ। आगामी संसद् रणनीति, एजेन्डा तथा समन्वयका विषयमा केन्द्रित भएर छलफल भइरहेको बताइएको छ।

बैठकमा सांसद नरहेकी पार्टी उपसभापति पुष्पा भुसाल (गौतम) तथा हालैको निर्वाचनमा पराजित भएका महामन्त्री प्रदिप पौडेल पनि सहभागी भएको बताइएको छ। उनीहरूको सहभागितालाई लिएर राजनीतिक वृत्तमा चासो व्यक्त गरिएको छ।

पार्टी नेतृत्वले आगामी संसद् अधिवेशनमा प्रभावकारी भूमिका खेल्ने रणनीति तय गर्न बैठकलाई महत्वपूर्ण रूपमा लिएको छ।

यो समाचारमा

प्रदिप पौडेलपुष्पा भुसाल (गौतम)सिंहदरवारकाठमाडौँ
नेपाली काँग्रेस4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...