नयाँ संसद्को पहिलो बैठक आज: १ घण्टा ७ मिनेट बोल्न पाउने हर्क साम्पाङको इच्छा

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

15
Share
Featured

काठमाडौँ

नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक आज (बिहीबार) दिउँसो २ बजे सिंहदरवारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बस्दैछ। बैठक सुरु हुनुअघि श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नवनिर्वाचित सांसद हर्कराज राई (हर्क साम्पाङ) ले संसद्मा बोल्नका लागि छुट्याइएको समयप्रति असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जालमार्फत उनले आफूलाई ७ मिनेट मात्र बोल्न दिने खबर आएको भन्दै देशको स्वाधीनता र जनताका समस्याबारे १ घण्टा ७ मिनेट बोल्ने इच्छा रहेको बताएका छन्। "७ मिनेट होइन, १ घण्टा ७ मिनेट बोल्न मन छ— देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र विकासको आकांक्षालाई लिएर," उनले लेखेका छन्।

आजको बैठकमा गृहमन्त्री सुदन गुरुङले मतदाता नामावली, प्रतिनिधिसभा सदस्य निर्वाचन र नेपाल विशेष सेवासम्बन्धी तीनवटा अध्यादेशहरू पेस गर्ने कार्यसूची रहेको छ। बैठकको अध्यक्षता ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्नेछन्।

२७५ सदस्यीय प्रतिनिधिसभामा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) १८२ सिटसहित सबैभन्दा ठूलो दलका रूपमा रहेको छ। यस्तै नेपाली काँग्रेसका ३८, एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७, राप्रपाका ५ र एक स्वतन्त्र सांसदको प्रतिनिधित्व छ। आजै राष्ट्रियसभाको अधिवेशन पनि संसद् सचिवालयमा सुरु हुँदैछ।

यो समाचारमा

राष्ट्रिय स्वतन्त्र पार्टीसुदन गुरुङनेपाली काँग्रेससिंहदरवार
काठमाडौँ6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...