
काठमाडौँनवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक आज (बिहीबार) दिउँसो २ बजे सिंहदरवारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बस्दैछ। बैठक सुरु हुनुअघि श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नवनिर्वाचित सांसद हर्कराज राई (हर्क साम्पाङ) ले संसद्मा बोल्नका लागि छुट्याइएको समयप्रति असन्तुष्टि जनाएका छन्।सामाजिक सञ्जालमार्फत उनले आफूलाई ७ मिनेट मात्र बोल्न दिने खबर आएको...