नेपाल शेयर मार्केट्स एण्ड फाइनान्सको संयोजक पदका लागि राष्ट्र बैंकद्वारा दरखास्त आह्वान

Author

सजिलो पत्रिका

२०८२ चैत १९, बिहिबार

23
Share
Featured

काठमाडौँ

नेपाल राष्ट्र बैंकले समस्याग्रस्त अवस्थामा रहेको नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडको व्यवस्थापन तथा सञ्चालनका लागि संयोजक पदमा दरखास्त आह्वान गरेको छ। बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागअन्तर्गतको छनोट समितिको सचिवालयले योग्य नेपाली नागरिकहरूबाट आवेदन माग गरेको हो।

सूचनाअनुसार संयोजक पदका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्याङ्कशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ। साथै, बैंकिङ क्षेत्रमा कम्तीमा १० वर्षको अनुभव प्राप्त गरेको बैंकिङ विज्ञ हुनुपर्ने प्रावधान राखिएको छ।

इच्छुक उम्मेदवारले आवश्यक शैक्षिक योग्यता, नागरिकता तथा अनुभवका प्रमाणपत्रसहित २०८३ वैशाख ९ गते कार्यालय समयभित्र नेपाल राष्ट्र बैंक, बालुवाटारस्थित छनोट समितिको सचिवालयमा दरखास्त पेश गर्नुपर्नेछ। दरखास्त फाराम तथा कार्यादेश सम्बन्धी विस्तृत जानकारी सोही सचिवालयबाट प्राप्त गर्न सकिने सूचनामा उल्लेख छ।

यो समाचारमा

काठमाडौँनेपाल राष्ट्र बैंक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...