महेश बस्नेतलाई पक्राउ गर्न जिल्ला अदालतको अस्वीकार

Author

सजिलो पत्रिका

२०८२ चैत १६, सोमबार

27
Share
Featured
  • काठमाडौं जिल्ला अदालतले महेश बस्नेत लाई पक्राउ गर्न प्रहरीको माग अस्वीकार गर्दै मिसिल फिर्ता गरेको छ।
  • शोभा पाठकको निवेदनका आधारमा प्रहरीले पक्राउ अनुमति मागेको थियो, जुन जिल्ला सरकारी वकिलमार्फत अदालतमा पेश गरिएको थियो।
  • अदालतले पहिले नै तामेलीमा राखिएको मुद्दामा पुनः पक्राउ अनुमति दिन नमिल्ने भन्दै प्रक्रिया रोकिदिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौं जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव महेश बस्नेतलाई पक्राउ गर्न अनुमति दिन अस्वीकार गरेको छ। न्यायाधीश ध्रुव कार्कीको इजलासले बस्नेतलाई पक्राउ गर्न माग गर्दै प्रहरीले पेश गरेको मिसिल अध्ययनपछि पुनः प्रहरीलाई नै फिर्ता गरिदिएको हो।

धादिङकी शोभा पाठकले यसअघि नै तामेली (थाती) मा राखिएको मुद्दामा बस्नेतलाई पक्राउ गर्न माग गर्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा निवेदन दिएकी थिइन्। सोही आधारमा प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत अदालतसँग पक्राउ अनुमति मागेको थियो।

तर, अदालतले एक पटक तामेलीमा गइसकेको मुद्दामा पुनः पक्राउ अनुमति दिन नमिल्ने कानुनी आधार देखाउँदै मिसिल फिर्ता गरेको हो। यससँगै बस्नेतलाई तत्काल पक्राउ गर्ने प्रहरीको प्रक्रिया रोकिएको छ।

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)महेश बस्नेतकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्नेमा जोड दिएका छन्। नेपाल इन्जिनियर्स एसोसिएसनको ६४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विकासको अवधारणा जनताको कल्याण र मुलुकको समृद्धिसँग जोडिनुपर्ने बताए।जलवायु परिवर्तनको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै अबका पूर्वाधारहरू दिगो, पर्यावरणमैत्री र 'हरित विकास' को सिद्धान्तमा आधारित हुनुपर्ने राष्ट्रपतिको भनाइ

    Data is loading...

    Loading brands...

    Loading footer...