सदनमा देखिने छन् अधिकांश नयाँ विधायक

Author

सजिलो पत्रिका

२०८२ चैत १२, बिहिबार

17
Share
Featured

काठमाडौँ

प्रतिनिधिसभा सदस्यमा आज पद तथा गोपनीयताको शपथ लिने सदस्यहरु अधिकांश नयाँ अनुहार रहेका छन् ।

गत फागुन २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित अधिकांश सांसद नयाँ अनुहार छन् भने सीमित दलका सदस्य मात्रै दुई वा दुईपटक बढी निर्वाचित हुनु हुने सांसद भएका छन् ।

यस निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) र श्रम संस्कृति पार्टीका नेतृत्वबाहेक निर्वाचनमा सहभागी अन्य दलका शीर्ष नेतृत्वलाई सदनमा देखिने छैनन् ।

निर्वाचनमा १८२ सदस्य विजयी भएको रास्वपामा यस पटक १४ जना सांसदहरु दोहोरिनुभएको छ ।

पार्टी सभापति रवि लामिछाने, उपसभापतिद्वय डोल प्रसाद अर्याल र डा स्वर्णिम वाग्ले यसअघि पनि सदनमा हुनुहुन्थ्यो । यसैगरी,  दोहोरिने सांसदहरुमा इन्दिरा राना मगर, डा अमरेशकुमार सिंह, सोविता गौतम, शिशिर खनाल, गणेश पराजुली, हरि ढकाल, अशोककुमार चौधरी, विराजभक्त श्रेष्ठ, निशा डाँगी, मनिष झा र डा तोसिमा कार्की हुनुहुुन्छ । उहाँहरु प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुनुहुन्छ ।

यस निर्वाचनमा नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएका ३८ जना सांसदमध्ये आठ सदस्य दोहोरिनुभएको हो । सांसदहरु अजुर्ननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, भरतबहादुर खड्का, जनक गिरी, चन्द्रमोहन यादव, टेकबहादुर गुरु, योगेश गौचन थकाली, चन्द्रमोहन यादव र अभिशेकप्रताप साह यसअघि पनि सांसद हुनुहुन्थ्यो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५ जना निर्वाचित सांसदमध्ये रामबहादुर थापा बादल, पद्मा अर्याल, यज्ञबहादुर बोगटी, गणेशसिंह ठगुन्ना, मोहम्मद इस्तियाक राई, लक्ष्मीप्रसाद पोखरेल र सुहाङ नेम्वाङ दोहोरिनुभएको हो  । 

नेपाली कम्युनिष्ट पार्टीको निर्वाचित १७ मध्ये पुष्पकमल दहाल ‘प्रचण्ड’, मातृकाप्रसाद यादव, वर्षमान पुन, धनबहादुर बुढा र महेन्द्रबहादुर शाही दोहोरिनुभएको हो ।

राप्रपाका तर्फबाट पाँच जना सांसदमध्ये ज्ञानेन्द्रबहादुर शाह दोहोरिनुभएको छ । उहाँ सो पार्टीका तर्फबाट प्रत्यक्ष निर्वाचित एक मात्र सांसद हुनुहुन्छ ।

यो समाचारमा

स्वर्णिम वाग्लेनेपाली कम्युनिष्ट पार्टीरवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टी
काठमाडौँ8 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...