कर्णाली प्रदेशमा आठ सय ६१ क्षयरोगी भेटिए

Author

सजिलो पत्रिका

२०८२ चैत १२, बिहिबार

21
Share
Featured

 काठमाडौँ

कर्णाली प्रदेशका १० जिल्लामा चालु आर्थिक वर्षको आठ महिनामा ८६१ जना क्षयरोगी भेटिएका छन् ।

स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका क्षयरोग तथा कुष्ठरोग अधिकृत पदमबहादुर केसीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा १ हजार ७१४ क्षयरोगी भेटिएकामा आव २०८१/८२ मा घटेर १ हजार ५३९ भेटिएका थिए । 

चालु आर्थिक वर्षमा सुर्खेतमा २९६, हुम्लामा १९, सल्यानमा १०४, जाजरकोटमा १०१, पश्चिमी रूकुममा ९२, दैलेखमा ८३, कालिकोटमा ४६, जुम्लामा ४५, डोल्पामा २१ र मुगुमा १९ जना बिरामी पत्ता लागेको उहाँले जानकारी दिनुभयो । 

हाल प्रदेशमा ४१५ क्षयरोग उपचार केन्द्र, दुई ‘एमडीआर’ उपचार केन्द्र र १० वटा विशेषज्ञ केन्द्र सञ्चालनमा छन् ।  

यो समाचारमा

हुम्लाकर्णाली प्रदेशपश्चिमी रूकुमजुम्ला
जाजरकोट11 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...