किओच काठमाडौं बाल अस्पतालको नयाँ भवन हस्तान्तरण

Author

सजिलो पत्रिका

२०८३ जेठ ०९, शनिबार

20
Share
Featured
  • किओच काठमाडौं बाल अस्पतालको नवनिर्मित पश्चिम भवन समाजसेवी तथा व्यवसायीको सहयोगमा हस्तान्तरण गरिएको छ।
  • भवन उद्घाटन कार्यक्रममा अस्पतालले बालबालिकाका लागि सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य दोहोर्याइएको छ।
  • रु ७१ करोडभन्दा बढी लागतमा बनेको उक्त संरचना बाल स्वास्थ्य सेवाको विस्तारमा महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) अन्तर्गत सञ्चालन हुने बाल अस्पतालको नवनिर्मित पश्चिमतर्फको भवन हस्तान्तरण गरिएको छ। बुढानीलकण्ठ नगरपालिका–७ हेपाली हाइटस्थित अस्पतालको भवन समाजसेवी मीनबहादुर गुरुङ–सावित्री गुरुङ तथा पहलमान गुरुङ–सरला गुरुङ परिवारको सहयोगमा निर्माण गरिएको हो।

आज आयोजित कार्यक्रममा जगत्गुरु शङ्कराचार्य श्री विधुशेखर भारतीले भवनको उद्घाटन गरेका थिए। व्यवसायी मीनबहादुर गुरुङको स्वामित्वमा रहेको भाटभटेनी समूहले भवन निर्माणका लागि रु ७१ करोडभन्दा बढी लगानी गरेको जनाइएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले अस्पतालले विशेषगरी बालबालिका र आर्थिक रूपमा कमजोर वर्गका नागरिकलाई गुणस्तरीय तथा सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने विश्वास व्यक्त गरेका छन्। अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटुरोग विशेषज्ञ प्राडा भगवान कोइरालाले संस्थाले गैरनाफामूलक आधारमा विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने बताए।

किओच गैरनाफामूलक संस्थाका रूपमा सञ्चालन भइरहेको छ। संस्थाले काठमाडौं उपत्यकासहित सातै प्रदेशमा बाल अस्पतालको सञ्जाल विस्तार गर्दै देशभरका बालबालिकालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।

यो समाचारमा

काठमाडौँबुढानीलकण्ठ  नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...