इरानी उर्जा पुर्वाधारमा पाँच दिनका लागि आक्रमण स्थगितः ट्रम्प

Author

सजिलो पत्रिका

२०८२ चैत १०, मङ्गलबार

24
Share
Featured

काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले  तेहरानसँग उपलब्धी मुलक वार्ता गरे पछि इरानी उर्जा पुर्वाधार विरुद्धको आक्रमण पाँच दिनका लागि स्थगित गरेको बताउनु भएको छ ।  यद्यपि इरानले  भने वार्ता भएको कुरा अस्वीकार गरेको छ ।

यदि इरानले ४८ घण्टा भित्र हर्मुजको जलक्षेत्र पूर्ण रूपमा नखोलेमा  सम्पुर्ण इरानी पुर्वाधारहरु नष्ट गर्ने ट्रम्पको धम्की पछि आक्रमण स्थिगितको सुचना आएको जनाइएको छ । 

इरानले शान्ति वार्ताको दावीलाई अस्वीकार गर्दै द्वन्द्वरत स्थिति कायम रहेको जनाएको छ । इरानी संसदका प्रमुख मोहम्मद बाघेर घालीबाफले तेहरान वासिङ्टनसँग वार्ताका लागि अझै तयार नभएको सुझाव दिनु भएको छ ।

इरानी जनताले आक्रमणकारीहरूलाई सजायको माग गरेको गालिबफले ट्रम्पको टिप्पणीको जवाफमा उल्लेख गर्नु भएको छ । संयुक्त राज्य अमेरिकासँग कुनै वार्ता नभएको पुष्टि गर्दै उहाँले ट्रम्पको पछिल्लो प्रयास वित्तीय र तेल बजारलाई सहजीकरण गरी स्थिती सहज बनाउने बाहानावाजी भएको बताउनु भएको छ ।

इरानको फार्स समाचार एजेन्सीले ट्रम्पसँग सम्पर्क नभएको बताएको छ, भने विदेश मन्त्रालयले ट्रम्पको टिप्पणी सैन्य योजनाका लागि ऊर्जाको मूल्य घटाउने र वजार सन्तुलन गर्ने प्रयास भएको जनाएको छ । 

यो समाचारमा

डोनाल्ड जोन ट्रम्पसंयुक्त राज्य अमेरिकाइरानकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    एजेन्सी । अमेरिकाले इरानविरुद्धको सैन्य अभियानलाई थप तीव्र बनाउँदै लगातार चौथो दिन मंगलबार पनि विभिन्न स्थानमा आक्रमण गरेको छ । साथै, इरानी बन्दरगाहतर्फ आउने-जाने जहाजहरू रोक्ने उद्देश्यसहित नौसैनिक नाकाबन्दी पुनः लागू गरेपछि वासिङ्टन र तेहरानबीचको तनाव थप चुलिएको छ । इरानी पक्षले यस कदमले युद्धविराम तथा शान्ति वार्ताका लागि भएको

    Data is loading...

    Loading brands...

    Loading footer...