मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

Author

सजिलो पत्रिका

२०८२ चैत ०९, सोमबार

25
Share
Featured

काठमाडौँ

प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा होटल सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा भएका तीन छुट्टाछुट्टै घटनामा संलग्न उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार पहिलो घटना लहान नगरपालिका–८ मा भएको हो । सो स्थानमा बस्ने दिलीप साह र उनकी श्रीमती सुनिताले तीन महिलालाई आर्थिक प्रलोभनमा पारी वेश्यावृत्तिमा संलग्न गराएको आरोपमा पक्राउ गरिएको छ । उनीहरूलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

दोस्रो घटना लहान–३ अस्पताल चोकमा रहेको ‘अनलाइ होटल एन्ड लज’मा भएको हो । होटल सञ्चालिका ४० वर्षीया अर्चनाकुमारी चौधरीले चार महिलालाई सप्तरीको सुरुङ्गा–९ टिकुलियाका २१ वर्षीय अशोककुमार चौधरी, २० वर्षीय नितिककुमार चौधरी र १९ वर्षीय आकाश चौधरीसँग मिलेर वेश्यावृत्ति गराएको आरोप पक्राउ गरिएको प्रहरीले जनाएको छ । यस घटनामा संलग्न चारै जनालाई सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।

त्यसैगरी, तेस्रो घटना धनगढीमाई नगरपालिका–११ स्थित ‘खुश्बु होटल एन्ड लजका सञ्चालक ३४ वर्षीय गुज्जेश्वर साहले दुई महिलालाईसप्तरीको बलानबिहुल–६ का ३८ वर्षीय शिवकुमार यादवसँग मिलेर जबर्जस्ती वेश्यावृत्ति गराएको प्रहरीको आरोप छ । उनीहरूलाई पनि सात दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रहरीले सबै घटनाका पीडित महिलाको पहिचान गोप्य राख्दै उनीहरूलाई ‘साङ्केतिक नाम’ दिएर कानुनी प्रक्रिया अगाडि बढाएको छ । जिल्लामा पछिल्लो समय होटल तथा निजी घर प्रयोग गरी यस्ता अवैध गतिविधि सञ्चालन गरिएको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको छ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...