काठमाडौंमा हुरीबताससहितको वर्षा, सडकमा पानी जम्दा ट्राफिक जामले सास्ती

Author

सजिलो पत्रिका

२०८२ चैत ०६, शुक्रबार

26
Share
Featured
  • काठमाडौं उपत्यकामा शुक्रबार साँझदेखि हुरीबताससहितको वर्षाले सडकमा पानी जम्दा र खाल्डाखुल्डीले सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ।
  • कोटेश्वर, माइतीघर, पुतलीसडक र तीनकुने क्षेत्रहरूमा अत्यधिक ट्राफिक जाम बढेको छ।
  • ट्राफिक प्रहरीले चालकहरूलाई हतार नगर्न, लेन अनुशासन पालन गर्न, धैर्यताका साथ सवारी चलाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

काठमाडौं उपत्यकामा शुक्रबार साँझदेखि सुरु भएको हुरीबताससहितको वर्षाका कारण विभिन्न सडकखण्डमा सवारी आवागमन गम्भीर रूपमा प्रभावित भएको छ। वर्षाले सडकमा पानी जम्दा र खाल्डाखुल्डी छोपिँदा कोटेश्वर, माइतीघर, पुतलीसडक र तीनकुने लगायतका क्षेत्रमा अत्यधिक ट्राफिक जाम बढेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार वर्षा र हुरीबतासका कारण सडकमा रुख ढल्ने, बिजुलीका तार चुँडिने र पोल लड्ने जोखिम रहेकाले सुरक्षा सतर्कता अपनाउनु आवश्यक छ। ट्राफिक प्रहरीले चालकहरूलाई हतार नगर्न, लेन अनुशासन पालना गर्न र धैर्यताका साथ सवारी चलाउन आग्रह गरेको छ।

सडकमा पानी जमेका कारण सवारीको 'फ्लो' अवरुद्ध भएको र दुर्घटनाको जोखिम बढेकाले ट्राफिक प्रहरीले अनावश्यक यात्रा नगर्न र यात्रा गर्नै परे विशेष सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ। हाल सबै मुख्य चोकहरूमा ट्राफिक प्रहरी परिचालन गरिएको भए पनि सवारीको चाप व्यवस्थापन गर्न चुनौतीपूर्ण बनेको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बागमती सरकारबाट बाहिरिँदै एमाले, ६ मन्त्रीले सोमबार सामूहिक राजीनामा दिने

    काठमाडौं । बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ। यस विषयमा औपचारिक निर्णय गर्न र आगामी रणनीति तय गर्न आइतबार काठमाडौँमा एमाले बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ।एमालेले शनिबार नै मुख्यमन्त्री इन्द्र बहादुर बानियाँलाई सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णयबारे जानकारी गराइसकेको छ।

    Data is loading...

    Loading brands...

    Loading footer...