नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

Author

सजिलो पत्रिका

२०८२ चैत ०५, बिहिबार

22
Share
Featured

काठमाडौँ

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रतिशतको वृद्धि हो । आज बजार खुलेदेखि निरन्तर उकालो लागेको हो । 

आज २४० कम्पनीको शेयर मूल्य बढ्दा २२ कम्पनीको घटेको छ भने दुई वटा कम्पनी स्थिर रहेका छन् । आज ३४२ कम्पनीको पाँच करोड ६९ लाख २० हजार ६०८ कित्ता शेयर एक लाख ९१ हजार २५१ पटक खरिदबिक्री हुँदा रु २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ दशमलव ९८ को कारोबार भएको नेप्सेले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा आज कारोबार रकम पनि बढेको छ । नेप्सेका अनुसार मङ्गलबार रु १२ अर्ब तीन करोड ४४ लाख छ हजार ३२८ बराबरको कारोबार भएकामा आज रु २१ अर्ब २२ करोड ३४ लाख ९४ हजार ८८६ मा पुगेको हो ।

आज सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह सबैभन्दा बढी तीन दशमलव ९५ प्रतिशतले बढेको छ । बैंकिङ तीन दशमलव १६, फाइनान्स एक दशमलव ९४, होटल तथा पर्यटन एक दशमलव ७५, हाइड्रोपावर दुई दशमलव ३०, लगानी एक दशमलव ७७, जीवन बिमा दुई दशमलव ७६, उत्पादन तथा प्रशोधन एक दशमलव ८९, माइक्रोफाइनान्स एक दशमलव २४, निर्जीवन बिमा एक दशमलव ८०, अन्य एक दशमलव ९७ र व्यापार समूह शून्य दशमलव १४ प्रतिशतले बढेका छन् ।

कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी नेपाल लाइफ समृद्धि लगानी योजनाको शेयर मूल्य पाँच दशमलव १२ प्रतिशतले घटेको छ । 

यो समाचारमा

नेपाल स्टक एक्सचेन्जकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नयाँ आर्थिक वर्षसँगै नयाँ आयकरको व्यवस्था लागु : १० लाखसम्म कमाउनेलाई १५ मात्र कर

    काठमाडौं। नयाँ आर्थिक वर्षको सुरुवातसँगै सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा (थ्रेसहोल्ड) बढाएर सर्वसाधारणलाई ठुलो राहत दिएको छ। आर्थिक ऐन २०८३ अनुसार आजैदेखि लागु हुने गरी व्यक्तिगत आयकरको सीमा बढाउनुका साथै अधिकतम करको दरमा समेत भारी कटौती गरिएको छ। अर्थ मन्त्रालयका अनुसार आम नागरिकको करको बोझ कम गर्ने उद्देश्यले यो नयाँ

    Data is loading...

    Loading brands...

    Loading footer...