काठमाडौँ, निर्वाचनमा दुई तिहाइ निकट बहुमत प्राप्त गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो राजनीतिक शैलीमा आमूल परिवर्तनको संकेत दिएका छन्। विगतमा आक्रामक भाषण र तिखो व्यङ्ग्यका लागि परिचित लामिछाने बुधबार ललितपुर स्थित एक पाँच तारे होटलमा आयोजित रास्वपाका नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण कार्यक्रममा उनले गरेको भाषणमा निकै सन्तुलितता र जिम्मेवारपुर्ण देखियो । त्यसो त उनको भाषण गर्ने सैलि भने सदा झै आक्रमक नै थियो ।
पार्टीले प्रतिनिधि सभा का लागि सहज रुपमा बहुमत दुई तिहाइभन्दामात्र २ सिट कम हासिल गरेपछिको सम्भव त यो नै पहिलो औपचारिक सम्बोधन हो । जहाँ लामिछानेले भन्दै थिएँ ,अब रास्वपा अराजक छवि बाट बाहिर निस्कनुपर्ने पर्छ । झण्डै आधा घण्टा लामो सम्बोधनमा उनले आफ्ना नवनिर्वाचित सांसदहरुलाई सम्झाउदै भने आफु निर्वाचित भएको दम्भ देखाउनुको सट्टा जनताको विश्वासको भारबोध भएर काम गर्नुहोस्।
त्यासो त लामिछानेले पुराना दलहरूको नेतृत्वप्रति निराश भएर जनताले रास्वपालाई विकल्प रोजेको स्मरण गराउँदै आफ्ना सांसदहरूलाई सचेत समेत गराए । नागरिकले पुरानो नेतृत्वलाई ३५ वर्ष कुरे, तर हामीलाई ३५ दिन पनि कुर्ने छैनन्,उनले भने, पाइला पाइलामा सावधान रहेर सही काम गर्नुहोला।
उनले सांसदहरूलाई व्यक्तिगत स्वतन्त्रता त्यागेर अनुशासित बन्न निर्देशन दिँदै राइट टु रिकलु (जनप्रतिनिधि फिर्ता बोलाउने अधिकार) कडाइका साथ लागू गर्ने घोषणा समेत गरे। उनले पार्टीको बहुमत भए पनि नभए पनि काम नगर्ने सांसदलाई पदमा नराखने भन्दै चेतावनी दिए ।
रास्वपाको उदयमा सामाजिक सञ्जालको ठुलो भूमिका रहे पनि अब त्यसको प्रयोगमा गम्भीरता चाहिने लामिछानेको तर्क थियो। उनले सांसद र कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा देखिने उत्तेजना र आक्रामकता बन्द गर्न निर्देशन दिएका छन्। विपक्षीमाथि तुच्छ शैलीमा जाइलाग्ने र गाली–गलौज गर्ने कार्य अब बन्द गर्नुहोस् , उनले भने।
यता पार्टीभित्र बढ्न सक्ने सम्भावित गुटबन्दीप्रति संकेत गर्दै लामिछानेले कांग्रेस र एमाले जस्ता पुराना पार्टीलाई गुट बनाएर जित्न नसकिने बताए। उनले म केन्द्रित राजनीति त्यागेर देशु केन्द्रित राजनीति गर्न र बिचौलिया तथा स्वार्थ समूहसँगको साँठगाँठबाट टाढै रहन सांसदहरूलाई चेतावनी दिए। अनुशासन उल्लंघन गर्नेमाथि अनुशासनको डण्डाु बर्साउने उनको चेतावनी थियो।
अन्तत , अर्को चुनाव जित्न होइन, अर्को पुस्ता नहारोस् भनेर काम गर्नुछ,भन्ने लामिछानेको पछिल्लो अभिव्यक्तिले रास्वपा अब सडकको आन्दोलनकारी शक्तिबाट जिम्मेवार सत्ता सञ्चालक शक्तिका रूपमा रुपान्तरण हुन खोजेको प्रस्ट देखिन्छ। उनको यो शैली बारिष्ठ नेता बालेन शाहसँग मिल्दो जुल्दो देखिन्छ मुखले बोले र भन्दा पनि कामले देखाउँ भन्ने बालेन सैलि आगामी दिनमा व्यवहारमा कति उत्रन्छ, त्यो भने हेर्न बाँकी नै छ।